
रुपन्देही ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक :रन्जु के.सी.
लुम्बिनी ऐक्सप्रेस /न्यूज़
भैरहवा/ रुपन्देहीमा विगत एक वर्षमा रुपन्देहीमा १ सय २१ जना नागरिकले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९८ जना पुरुष र २३ जना महिला छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक कार्य प्रगती विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो ।
आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा रुपन्देहीकी ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक रन्जु केसीले गत आव २०८१–०८२ मा कुल ८ सय २ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा १ हजार १ सय ६२ वटा सवारीसाधन संलग्न रहेको बताइन् ।
‘सडक तथा राजमार्गहरु सुविधासम्पन्न र व्यवस्थित भएसँगै सवारी दुर्घटना हुनेक्रम पनि बढ्दै जान थालेको पाइएको छ’, केसीले भनिन्, ‘यसको मुख्य कारण भनेको व्यवस्थित सडकमा सवारी साधन चलाउँदा चालकले लापरबाही गर्नु नै हो ।’ सडक तथा हाइवेमा भएका अधिकांश दुर्घटना तिब्रगतीका कारण नै भएको उनले बताइन् ।
सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकलको संख्या छ । तथ्यांकअनुसार ७ सय ९५ वटा मोटरसाइकल, जिप, कार, भ्यान १ सय २०, साइकल ६७, बस ३८, ट्रक ट्यांकर ४५, टिप्पर २८, ट्याक्टर २३, टेम्पो ३६ र माइक्रोको संख्या ७ वटा दुर्घटना भएका छन् ।
ट्राफिक प्रहरीले एक वर्षमा नियम विपरित संचालित ५० हजार ४ सय ४१ वटा सवारीलाई कारवाही गरेको छ । जसमध्ये, ६ हजार १ सय १४ वटा कारवाही तिव्र गतिमा सवारी चलाउने छन् । २ सय ५८ वटा सवारीलाई कारवाहीका लागि यातायात कार्यालय पठाइएको छ । सवारी साधनको स्वरुप परिवर्तन गरि चलाएका ११ वटा सवारी साधनसहित चालकलाई कारवाही गरेको छ ।
नियम विपरित सवारी चलाउने सवारी चालक तथा सवारी धनीलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीले कुल ६ करोड ८ लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जसमध्ये, तिव्र गतिमा सवारी चलाउने सवारी चालकलाई गरिएको कारवाहीबाट मात्रै ३१ लाख रुपैयाँ भन्दा धेरै राजस्व संकलन भएको छ ।
सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी कार्यालयबाट २ हजार २ सय १० वटा सचेतनाका कार्यक्रम संचालन गरिएको जनाउँदै ट्राफिक प्रहरी प्रमुख केसीले दैनिक रुपमा राडर गनको प्रयोग गरि तिव्र गतिबाट हुने दुर्घटना नियन्त्रण गर्ने प्रयास गरिएको बताइन् ।
अपराध नियन्त्रण अनुसन्धान तथा सवारी दुर्घटना न्यूनीकरणमा प्रयोग भइरहेका परम्परागत तौरतरिकाहरुलाई सुधार गर्दै क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको छ’, केसीले भनिन्, ‘ट्राफिक कारबाहीलाई प्रविधिमैत्री बनाउन डिजिटल भुक्तानी मार्फत ट्राफिक जरिवाना गरि सहज र छिटोछरितो गरिएको छ ।
केसीका अनुसार तिब्र गतीका कारण सवैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको क्षेत्र बुटवल–भैरहवा सडक खण्डको सखुवानीमा एएनपीआर क्यामेरासहितको राडरगन जडान गरिएको छ ।
सडकमा ट्राफिक प्रहरी तनाथ नभए पनि २४ सै घण्टा क्यामेरा र मोनिटरको सहयोगबाट तिब्र गतीमा चलाउने सवारी साधनको पहिचान गरि कारवाही गर्ने गरिएको छ ।
https://shorturl.fm/mPZAX
https://shorturl.fm/wMuR1
https://shorturl.fm/4Csrl
https://shorturl.fm/THYKM
https://shorturl.fm/6dLzS
https://shorturl.fm/xCqZW
https://shorturl.fm/KRhlM
https://shorturl.fm/ksTmh
https://shorturl.fm/5w9Ta
https://shorturl.fm/c8j0Z
https://shorturl.fm/wRIns
https://shorturl.fm/9gOth
https://shorturl.fm/2gYTJ
https://shorturl.fm/MzffD
https://shorturl.fm/aflaR
https://shorturl.fm/RxG93
https://shorturl.fm/dbGLD