
रोहिणीद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण
भैरहवा, २२ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । २०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद…

रुपन्देही–३ मा उपनिर्वाचन कार्तिक १७ गते
भैरहवा, १६ असार । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ । आयोगको सोमबार बसेको बैठकले २०८२ कार्तिक १७ गते सोमबार गर्ने गरी निर्णय भएको आयोगकी सह–सचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो । रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको २०८१ चैत १९ गते निधन भएपछि…

गौरीमा रोटरी सामुदायिक आँखा केन्द्रको उदघाटन
भैरहवा, १६ असार । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरीको स्वास्थ्य चौकीमा रोटरी सामुदायिक आँखा केन्द्र स्थापना भएको छ । रोटरी क्लब अफ रुद्रमती, काठमाडौंको सहयोगमा रोटरी आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । केन्द्रको पूर्व राज्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाक र रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय…