राष्ट्रिय वैश्य महासंघ नेपालको स्थापना दिवसको अवसरमा फलफूल वितरण
राष्ट्रिय वैश्य महासंघ नेपालको स्थापना दिवसको अवसरमा फलफूल वितरण
लुम्बिनी ऐक्सप्रेस / भैरहवा
भैरहवा / आज साउन १५ गते, राष्ट्रिय वैश्य महासंघ नेपालले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा भैरहवास्थित भीम अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
कार्यक्रम राष्ट्रिय वैश्य महासंघ नेपाल, रूपन्देहीका उपाध्यक्ष तथा फलफुल वितरण सयोंजक जोगेन्द्र अग्रहरिको नेतृत्वमा ६५ जना बिरामीलाई बिभिन्न प्रकारका फलफुलसंगै हर्लिक्स, बिस्कुट लगायतका सामाग्री प्रदान गरिएको अग्रहरीले बताए ।
बिरामीलाई वितरण गरिएको हो। “धर्म गरौं, पुण्य कमाऔं” भन्ने भावनाका साथ समाजसेवामा लागिपरेको उपाध्यक्षले यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे जनाएको छ।केही दिन अगावै मात्रै रूपन्देहीमा तदर्थ जिल्ला कार्यसमिति गठन भएकाे छ जस्काे अध्यक्षमा अमित कुमार गूप्ता रहेका छन ।
भिम अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले फलफूल वितरण कार्यक्रमले बिरामी हरुको मनोबल बढाउने र समाजमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय वैश्य महासंघको यो कार्यले बिरामीहरूमा सकारात्मक ऊर्जा प्रदान गर्न सहयोग पुगेको अस्पतालका अध्यक्ष डा. अनन्त शर्माले बताए । उनले महासंघको यो प्रयास सराहनिय रहेको बताउदै फलफुल लगायत वितरणको लागि भीम अस्पताल चयन गरेकोमा धन्यवाद पनि दिए ।
राष्ट्रिय वैश्य महासंघका उपाध्यक्ष जोगेन्द्र अग्रहरीको अध्यक्षता, अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न फलफूल वितरण कार्यक्रममा अस्पतालको मेडिकल सुपरिडेन्टेन्ट डा. शकुन्तला गुप्ता, व्यवस्थापक सुरज अधिकारी, डा. बैजनाथ अग्रहरी (कन्सल्टेन्ट अर्थोपेडिक सर्जन ), अहेब गोपाल उपाध्याय,नेपाल वैश्य युवा संघ रुपन्देहीका उपाध्यक्ष मनोज अग्रहरि,महासंघका पदाधिकारी उपाध्यक्ष अशोक कुमार शाह, शत्रुधन पंडित, बेचन प्रसाद गुप्ता, सचिव गणेश गुप्ता, सह- कोषाध्यक्ष किरण गुप्ता, पप्पु काशौधन, देपेश गुप्ता, सदस्य उषा जैसवाल, रुबि जैसवाल, मन्जु जैसवाल, अनिता गुप्ता, राजकुमार बनिया, इंद्रजीत शाह,लगायत पदाधिकारी उपस्थिति रहेको थियो । कार्यक्रम महासंघका महासचिव तारेकश्वर कान्दुको सञ्चालनमा सम्पन्न भएको थियो ।
https://shorturl.fm/sIglI
https://shorturl.fm/jWtke
https://shorturl.fm/YyH2N
https://shorturl.fm/KKqLi
https://shorturl.fm/NFigS
https://shorturl.fm/hnGMk
https://shorturl.fm/cBztF
https://shorturl.fm/8IJrU
https://shorturl.fm/LenXS
https://shorturl.fm/sr1Pi