रुपन्देही ट्राफिकद्धारा ५० हजार सवारी कारबाहीमा,६ करोड बढी राजस्व संकलन: प्रमुख रन्जु के.सी.
रुपन्देही ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक :रन्जु के.सी. लुम्बिनी ऐक्सप्रेस /न्यूज़ भैरहवा/ रुपन्देहीमा विगत एक वर्षमा रुपन्देहीमा १ सय २१ जना नागरिकले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९८ जना पुरुष र २३ जना महिला छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक कार्य प्रगती विवरण सार्वजनिक गर्दै…
सिद्धार्थनगर–१ मा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागि घरदैलो सुरु हुन लागेको छ
भैरहवा, ३१ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ का लागि वृद्धवृद्धा, अशक्त तथा हिंड्डुल गर्ने नसक्ने वडाबासीलाई घरमै पुगेर परिचयपत्र नविकरण गर्ने वडाअध्यक्ष उज्जवल पोखरेलले जानकारी दिनुभयो ।‘घरमै पुगेर सेवा दिने कोशिष गरेका छौं,…

पाल्हीनन्दनका ४७ जना स्थानीयले तीन लाख बढी सहयाेग गरे पाल्ही आयुर्वेदालय सञ्चालनमा
पाल्हीनन्दन २० असार । पाल्हीनन्दनका ४७ जना स्थानीयले तीन लाख ११ हजार ५ सय ९३ रूपैया चन्दा सङ्कलन गरी पाल्ही आयुर्वेद औषधालय स्थापना गरेका छन।पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–४ मा ४० लाख लागतमा निर्माण गरिएकाे आयुर्वेद औषधालय बिहिवार सञ्चालनमा ल्याइएको हो । करिब दुई कट्ठा जग्गा पाल्ही आयुर्वेदालयका नाममा पास भएपछि पाल्ही आयुर्वेदालय सञ्चालनमा आएको हो…

रोहिणीद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण
भैरहवा, २२ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । २०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद…

रुपन्देही–३ मा उपनिर्वाचन कार्तिक १७ गते
भैरहवा, १६ असार । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ । आयोगको सोमबार बसेको बैठकले २०८२ कार्तिक १७ गते सोमबार गर्ने गरी निर्णय भएको आयोगकी सह–सचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो । रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको २०८१ चैत १९ गते निधन भएपछि…

गौरीमा रोटरी सामुदायिक आँखा केन्द्रको उदघाटन
भैरहवा, १६ असार । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरीको स्वास्थ्य चौकीमा रोटरी सामुदायिक आँखा केन्द्र स्थापना भएको छ । रोटरी क्लब अफ रुद्रमती, काठमाडौंको सहयोगमा रोटरी आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । केन्द्रको पूर्व राज्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाक र रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय…