भैरहवा, २२ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो ।
२०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । उहाँले आगामी दिनमा पनि साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साईकल वितरण गरिएको हो, ’उहाँले भन्नुभयो ।
अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक र गाउँपालिकालाई मात्र दोष दिएर नहुने र सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले गाउँपालिका विद्यार्थीहरुको साथमा रहेको बताउनुभयो । शिक्षा शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले शिक्षा क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका लागिपरेको बताउनुभयो ।
श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले गाउँपालिकाले गरेको साईकल वितरण कार्यक्रमले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।
एसईईमा ३ दशमलव ६६ जीपीए ल्याउने छिपागढ माविकी विद्यार्थी अस्मिता यादवले गाउँपालिकाले साईकल वितरण गरेपछि आत्मबल बढेको भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो ।
गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
एसईईमा छिपागढ माविबाट ३ दशमलव ६६ जीपीए ल्याउने अस्मिता यादव गाउँपालिका प्रथम र पिपरहवा माविबाट ३ दशमलव ६५ जीपीए ल्याउने साधना यादव द्वितीय भएका छन् ।
https://shorturl.fm/5yVLQ
https://shorturl.fm/afkWi
https://shorturl.fm/wKlSL
https://shorturl.fm/rIwfr
https://shorturl.fm/9kUJM
https://shorturl.fm/FbvYo
https://shorturl.fm/Oxknz
https://shorturl.fm/b0uFs
https://shorturl.fm/8L91d
https://shorturl.fm/Gzw2l
https://shorturl.fm/gJSvq
https://shorturl.fm/93kUD
https://shorturl.fm/DqvW5
https://shorturl.fm/i6143
https://shorturl.fm/9qj5w
https://shorturl.fm/x6v2f
https://shorturl.fm/ghKkn
https://shorturl.fm/X2yyD
https://shorturl.fm/tExPz
https://shorturl.fm/owOWp
https://shorturl.fm/uAQtC
https://shorturl.fm/7eKDs
https://shorturl.fm/7OHat
https://shorturl.fm/tGsiI
https://shorturl.fm/gVFqH
https://shorturl.fm/yJ1gB
https://shorturl.fm/4fgox
https://shorturl.fm/cLZmy
https://shorturl.fm/MEjWj
https://shorturl.fm/6vomi
https://shorturl.fm/8o2Ld
https://shorturl.fm/WzRx5
https://shorturl.fm/dOo7D
https://shorturl.fm/vEMCv
https://shorturl.fm/de6v2