पाल्हीनन्दन २० असार । पाल्हीनन्दनका ४७ जना स्थानीयले तीन लाख ११ हजार ५ सय ९३ रूपैया चन्दा सङ्कलन गरी पाल्ही आयुर्वेद औषधालय स्थापना गरेका छन।पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–४ मा ४० लाख लागतमा निर्माण गरिएकाे आयुर्वेद औषधालय बिहिवार सञ्चालनमा ल्याइएको हो ।
करिब दुई कट्ठा जग्गा पाल्ही आयुर्वेदालयका नाममा पास भएपछि पाल्ही आयुर्वेदालय सञ्चालनमा आएको हो । पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले पाल्हीमा आयोजित कार्यक्रममा आयुर्वेदालयलाई थप व्यवस्थित बनाउन गाउँपालिकाले सहयोग गर्ने बताईन् ।
पाल्हीमा आयुर्वेद औषधालय भवन निर्माणका लागि एक जानले एक कट्ठा जग्गा दान गरेका पाल्हीनन्दन गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख रामएकवाल रायले बताए । आयुर्वेदाल भवन निर्माणका लागि सहयाेग गर्ने जग्गादाता एवम्र रकम सहयाेग गर्नेलाइ सम्मान गरेकाे आयुर्वेद शाखा प्रमुखले भने ।
उनका अनुसार पाल्ही आयुर्वेद औषधालयमा ओपिडी, पञ्चकर्मको,पूर्वकर्म, स्नेहन, स्वयदन, ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि रासायन औषधि तथा जडीबुटी वितरण गरिनेछ ।