
भैरहवा, ३१ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।
वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ का लागि वृद्धवृद्धा, अशक्त तथा हिंड्डुल गर्ने नसक्ने वडाबासीलाई घरमै पुगेर परिचयपत्र नविकरण गर्ने वडाअध्यक्ष उज्जवल पोखरेलले जानकारी दिनुभयो ।
‘घरमै पुगेर सेवा दिने कोशिष गरेका छौं, यो अभियानमा साथ र सहयोग तथा आवश्यक सहजीकरण गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अनुरोध गर्दछु, ’उहाँले भन्नुभयो । वडाअध्यक्ष पोखरेलले अब चाँडै नै वडा कार्यालयको टोली घरदैलोमा जान लागेको जानकारी दिनुभयो ।
कार्यालयको काममा बाधा नपर्ने गरी बेलुकी ४ देखि ६ बजेसम्म हाम्रो टोली घरघरमा पुग्छ, ’उहाँले भन्नुभयो । परिचयपत्र नविकरण गर्न कोही कुनै कारवश छुट्नुभएमा वडा कार्यालयमा पोखरेलले आफ्नो वडाबासीलाई अनुरोध गर्दै बताउनुभयो।
https://shorturl.fm/0qcnQ